सरकार अमुर्त समृद्धि र औषत सुखमा विस्वास गर्दैन् : प्रधानमन्त्री ओली



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल तीव्र परिवर्तनको क्रममा रहेको बताएका छन्। पूर्व प्रधानमन्त्री झलनाथ खनालको गीती एल्बम परिवर्तनका स्वर भाग–२ को विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले देशमा संघीय गणतन्त्र आउनु, संविधानसभाबाट संविधान जारी हुनु, जनताले अधिकारको उपभोग गर्न पाउनु र विकास निर्माणको तीव्रताले देशमा परिवर्तनको क्रम बढेको बताए।

“हाम्रो देशमा सकारात्मक परिवर्तनको क्रम बढेको छ”, प्रधानमन्त्री ओलीले भने, “विकास र समृद्धिको अभियान सञ्चालन भएसंगै यो परिवर्तनले नेपालीको मुहारमा पनि उज्यालो ल्याउनेछ।” प्रधानमन्त्री ओलीले सरकारले अमुर्त समृद्धि र औषत सुखमा विस्वास नगर्ने बताए। “हामी औषतमा प्रतिव्यक्ति आय बढ्यो, औषतमा साक्षरता बढ्यो भन्ने कुरामा विस्वास गर्दैनौ”, उनले भने, “हरेक व्यक्तिले महसूस गर्ने गरिको समृद्धि र सुख जनतालाई दिलाउन चाहन्छौं।

सरकार सामाजिक न्याय सहितको समानताको पक्षमा छ।” प्रधानमन्त्री ओलीले पार्टीको अध्यक्ष र प्रधानमन्त्री  भइसक्नु भएका नेता खनालको सृजनसिलताको प्रशंसा गरे। “व्यस्त दैनिकीबाट समय निकालेर झलनाथ जीले यती राम्रो सृजना गर्नुभएको छ”, ओलीले भने, “उहाँको सृजनशिलता धेरैजनाको लागि यो प्रेरणाको स्रोत हुनसक्छ।”

प्रतिक्रिया दिनुहोस्