सौन्दर्यले भरिपूर्ण बेदकोट ताल 



कैलाली : कञ्चनपुर र डडेल्धुराको सीमाना चुरे पर्वतसँगै रहेको बेदकोट ताल पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ। अहिले कञ्चनपुर आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको मुख्य रोजाईमा बेदकोट ताल पर्ने गरेको छ।

पूर्व–पश्चिम महेन्द्रराजमार्गस्थित दैजी चौराहाबाट १३ किलोमिटर उत्तरतर्फ रहेको उक्त ताल अवलोकन गर्न वर्षेनी हजारौँको संख्यामा पर्यटक पुग्ने गरेका छन्। चुरे पहाडको फेदमा अवस्थित यो ताल अवलोकन गर्न पर्यटकको घुँइचो लाग्ने गरेको छ।

प्रतिक्रिया दिनुहोस्