विश्व मौसम दिवस मनाइयो



काठमाडौँ : ‘मेरो सूर्य, मेरो पृथ्वी, हाम्रो मौसम’ नाराका साथ विश्व मौसम दिवस शनिवार विभिन्न कार्यक्रम गरि मनाइएको छ। दिवसका अवसरमा शनिवार जलवायु परिवर्तनले पारेका असर र यसको रोमथामका विषयमा केन्द्रित रहेर अन्तरक्रिया,गोष्ठी लगायत सचेतनामूलक कार्यक्रम भएको छ।

विश्व मौसम सङ्गठन सम्बन्धी महासन्धी कार्यान्वयनमा आएपछि सन् १९५० देखि हरेक वर्ष मार्च २३ तारिखमा मौसम दिवस मनाउने गरिएको हो। नेपालले भने सन् १९६६ मा विश्व मौसम सङ्गठनको सदस्यता लिएपछि विश्व मौसम दिवस मनाउन थालिएको  छ।

बढ्दो अव्यवस्थित शहरीकरण, जनसङ्ख्या वृद्धि र वातावरण प्रदूषणका कारण जोखिम बढ्दै गएकाले यसको प्रभाव र न्यूनिकरणका लागि अपनाउन सकिने उपायका बारेमा दिवस केन्द्रित हुने गरेको वरिष्ठ मौसम विद् सुजन सुबेदीले बताए। 

प्रतिक्रिया दिनुहोस्