२६८ रोजगार संयोजकका लागि झन्डै १० हजारको आवेदन 



काठमाडौँ : प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यन्वयनका लागि दोस्रो पटक माग गरिएको रोजगार संयोजकको आवेदनको समयसिमा शनिवार सकिएको छ । २ सय ६८ जना संयोजकका लागि गएको फागुन ३० गते आवेदन माग गरिएकोमा ९ हजार ८ सय ७४ जनाको आवेदन परेको छ।

अधिकृतका लागि ६ हजार ९ सय ७१ जना र नायव सुब्बाका लागि २ हजार ९ सय ३ जनाको आवेदन परेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। आवेदनहरूबाट तोकिएको मापदण्डका आधारमा स्वचालित कम्प्युटर प्रणालीबाट माग गरिएको सङ्ख्याको तीन गुणा बढीको नाम अबको १० दिनपछि प्रकाशित गरिनेछ । 

त्यसपछि कम्प्युटर प्रणालीबाटै परीक्षा लिएर संयोजक छनौट गरिनेछ। योग्यताक्रमको प्रारम्भिक सूचीमा पर्ने उम्मेदवारलाई सो को जानकारी सम्बन्धित उम्मेदवारको मोबाइल नम्बरमा समेत पठाइने छ।  

प्रतिक्रिया दिनुहोस्