रुकुम घटनाः मृतकका परिवारलाई १० लाख दिने


काठमाडौंः रुकुम पश्चिम चौरजहारी नगरपालिका ८ मा २०७७ जेठ १० गते भएको घटनामा परी मृत्यु भएका ६ जनाका परिवारलाई १० लाखका दर सहायता उपलब्ध गराउने निर्णय सकारले गरेको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जानकारी दिएको हो । यसका साथै सोही घटनामा परी घाइते भएका परिवारलाई उपचार गर्दा लागेको बिल बमोजिमको खर्चसमेत उपलब्ध गराउने निर्णय भएको छ ।

घटनामा परी जाजरकोटका नवराज विक, गणेश बुढा मगर, लोकेश सुनार संजीव विक, गोविन्द शाही र टीकाराम सुनाको मृत्यु भएको थियो । नवराज विकसहितका युवा विककी प्रेमिका लिन रुकुम जाँदा गाउँलेहरुले उनीहरुमाथि आक्रमण गरी हत्या गरेका थिए ।

घटनामा परी १२ जना घाइते भएका थिए । घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका ३४ जनामध्ये ३० जना पुर्पक्षका लागि थुनुवामा छन् । जसमा २ जना नाबालक रहेको र उनीहरुलाई बालसुधार गृहमा राखिएको छ । जिल्ला अदालतले ३ जनालाई साधारण तारेख र १ जनालाई एक लाख धरौटीमा छोड्ने आदेश गरेको थियो ।

प्रकाशितः साउन २७, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : सरकारले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय नखोल्न आग्रह गरेको छ

बझाङ : बझाङको मस्टा गाउँपालिकाकी सम्झनाको बलात्कारपछि हत्या भएको आशंका प्रहरीले गरेको छ । बाजे

काठमाडौंः कोरोना संक्रमणको कारण रोकिएको लोकसेवा आयोगको परीक्षा दशैं लगत्तै शुरु हुने भएको छ ।

कैलाली– विश्व रामसार सूचीमा सूचिकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा पछिल्लो समय पर्यटन प्रवद्र्धन हुन थालेको

काठमाडौं : धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको

काठमाडौंः गृहमन्त्री रामबहादुर थापा ‘बादल’ छाङ्गरुमा सशस्त्र प्रहरीको गुल्म शिलान्यास गर्न दार्चुला गएका छन् ।

स्याङ्जा । पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा किंग्स इलेभेन पञ्जाबका सामू रोयल च्यालेन्जर बंगलोर

काठमाडौं : देशभर केही दिनयता परिरहेको झरी भोलि शनिबारदेखि कमजोर हुने देखिएको छ। बंगालको खाडीबाट

काठमाडौं : वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमका नाममा व्यापक अनियमितता, भ्रष्टाचार र किर्ते गर्ने काम भएको

काठमाडौं– सांसदहरुले कोरोना भाइरसको विषयमा तथ्यगत जानकारी भन्दा भ्रमहरु बढी फैलिएकाले जनतामा आतंक सिर्जना भएको

काठमाडौं : सार्वजनिक पदमा बहाल रहेका व्यक्तिले सम्पत्ति विवरण सार्वजनिक नगर्ने क्रम बढेपछि अख्तियारले कडा