सुर्खेतमा गत वर्षकै प्रश्नपत्र हुबहु दाेहाेरियाे



सुर्खेत : सुर्खेतको चिङ्गाड गाँउपालिकाले विद्यार्थीको भविष्यसँग जोडिएको आधारभूत तहको अन्तिम परीक्षामा गत वर्षकै प्रश्नहरु सोधेको पाइएको छ। 

गाँउ शिक्षा शाखाले बनाएको कक्षा ८ को नैतिक विषय, नेपाली र गणित विषयको परीक्षाका प्रश्न गतवर्षकै हुबहु सोधेको पाइएको हो । गाँउपालिकाले गत वर्ष परीक्षा समिति बनाई प्रश्नपत्र बनाएकोमा यो वर्ष स्रोतव्यक्ति जितेन्द्र राज वलीले आफै प्रश्नपत्र बनाएका थिए। 

भैरव मावि अवलचिङ्गका व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्र राज रानाले  विद्यार्थीको भविष्यमाथि लापरवाही भएको बताए।

‘एकाध प्रश्नपत्र दोहरिनु सामान्य मान्न सकिन्थ्यो,’रानाले भने ‘सबै प्रश्नपत्र नै  हुबहु आउनु भनेको विद्यार्थीको भविष्य र शैक्षिक मूल्यांकन प्रतिको खेलवाड हो ।’

प्रतिक्रिया दिनुहोस्