बाढीले झोलुङ्गे पुल बगाउँदा गाउँ नै सम्पर्कविहीन


बाजुरा : गौमूल गाउँपालिका–२ अजयटोड्की गाउँमा उद्धारका लागि गएको प्रहरी र गाउँपालिकाको टोली फिर्ता भएको छ । बूढीगंगा नदीमा आएको बाढीका कारण झोलुङ्गे पुल बगाउँदा गाउँ नै सम्पर्कविहीन बनेको छ ।

झोलुङ्गे पुल बगाएकाले नदी तर्न सक्ने अवस्था नहुँदा गाउँमा जान नै नसकी फिर्ता हुनुपरेको गाउँपालिकाका उपाध्यक्ष सीता थापाले जानकारी दिइन् ।

प्रहरी र गाउँपालिकाको टोली सोमबार नै गाउँपालिकाबाट हिंँडेको थियो । नदी तर्न कुनै उपाय नहुँदा टोली फिर्ता भएको छ । हेलिकप्टरमार्फत उद्धार गर्नुबाहेक कुनै विकल्प नरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख टंकप्रसाद भट्टराईले बताए ।

झोलुङ्गे पुल बगाउँदा दुई दिनदेखि गाउँ नै सम्पर्कविहीन छ । त्यहाँ कोही जान सकेको छैन, सञ्चार सम्पर्क छैन । कति क्षति भएको भन्ने कुनै जानकारी हुन नसकेको गाउँपालिकाले बताएको छ । पुलसँगै बस्तीसमेत जोखिममा परेको र केही घरसमेत बगेको स्थानीयवासी रामबहादुर बुढाले बताए ।

अजयटोड्की गाउँका २० घरधुरीमा ९७ जना छन् । हेलिकप्टरका लागि पहल भइरहेको र चाँडै उद्धार गरिने प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए ।

बाढीका कारण बस्ने घरदेखि लगाउने कपडा र एक छाक खानका लागि एक मुठी अन्नसमेत स्थानीयवासीले बचाउन सकेका छैनन् । खाद्य अधिकार सञ्जाल बाजुराका अध्यक्ष मदनराज जैसीले तत्काल हेलिकप्टरबाट खाद्यान्न व्यवस्थापन गरिनुपर्ने बताए ।

गौमूल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले भने गृहमन्त्रीलाई भेटेर गौमूल, बडीमालिकालगायत नदी क्षेत्रका बस्तीमा पारेको प्रभावका बारेमा सबै जानकारी गराइसकिएको र उद्धारका लागि पहल भइरहेको बताए ।

शिशु मृत फेला, आमा बेपत्ता

त्रिवेणी नगरपालिका वडा नं. ८ कालापानीस्थित बूढीगंगा नदीको छेउमा एक बालिका मृत भेटिएकी छन् । प्रहरीका अनुसार बालिका त्रिवेणी–८ पन्ताली घर भएका खडक लुहारकी सात महिने छोरी रितु रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले बताए ।

बालिकाका बाबुका अनुसार मंगलबार बिहान आमा–छोरी घरबाट निस्केका थिए । बालिकाकी आमा पनि सम्पर्कमा छैनन् । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

रौतहट : रौतहटमा थप एकजना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । रौतहटको ईशनाथ नगरपालिका–४

काठमाडौं : सरकारले आज (बिहीबार) देखि चाडपर्वलाई लक्षित गरि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भएको

काठमाडौं : सरकारले आन्तरिक हवाई उडानको दैनिक कोटामा वृद्धि गरेको छ । नेपाल नागरिक उड्डयन

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्स पराजित भएको छ

नयाँ दिल्ली : भारतमा असोज २९ गतेदेखि विद्यालय र कलेज खुल्ने भएका छन् । भारतमा

पर्सा : प्रहरीको अपराध नियन्त्रण टोलिले असइ पदको लागि नक्कली परिक्षा लिई रहेको अवस्था २७

काठमाडौं : खाडीका ४ देशबाट भोलि (बिहिबार) अर्थात अक्टोबर १ देखि नियमित उडान शुरु हुने

काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने भएको छ । बूढानीलकण्ठमा आज

काठमाडौं : सरकारले बझाङकी सम्झना कामीमाथि भएको बलात्कार तथा हत्याका आरोपितलाई कानुनको कठघरामा ल्याउन कडा

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई बुधबार खुलामञ्चमा खाना बाँड्न

चितवन : जिल्ला प्रहरी कार्यालय चितवनले कुटपिटपछि मृत्यु भएको घटनाका आरोपी नेपाली सेनाका एक जनालाई

चितवन : चितवनको माडी नगरपालिकाले अयोध्याधाम निर्माणका लागि जग्गा छुट्याएको छ । मंगलबार बसेको कार्यपालिका