नेपाल ईन्जिनियर्स एशोसिएशनका अध्यक्ष यादव सम्मानित



काठमाडौं : नेपाल फेडरेशन अफ यादव चेम्बर्स अफ कमर्सले यादव समुदायबाट विविध क्षेत्रमा योगदान गर्ने व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।नेपाल फेडरेशन अफ यादव चेम्बर्स अफ कमर्सले शुक्रबार राजधानीमा आयोजनाको गरेको बधाई तथा भेटघाट कार्यक्रममा यादव समुदायबाट विविध क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरुलाई सम्मान गरेको थियो । 

प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा अर्थमन्त्री बिजय कुमार यादवले प्रदेश २ का नेपाल इन्जिनियर्स एशोसिएशनका अध्यक्ष नन्दकिशोर यादवलाई कदर पत्र प्रदान गरी सम्मान गरेका थिए ।

त्यस्तै सम्मानित हुनेमा निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादव, नरदेवी आयुर्वेद अस्पतालका निर्देशक डा. रामआधार यादव र ट्रमा सेन्टरका निर्देशक डा. प्रमोदकुमार यादव रहेका छन् । 

कार्यक्रममा एसियाली युवा एथलेटिक्स प्रतियोगितामा स्वर्ण पदक बिजेता अजितकुमार यादवलाई ११ हजार नगदसहित सम्मान पत्र हस्तान्तरण गरिएको नेपाल फेडरेशन अफ यादव चेम्बर्स अफ कमर्सका अध्यक्ष शितलप्रसाद यादवले बताए ।

 

प्रतिक्रिया दिनुहोस्