करिश्मा भन्छिन् – डिस्टिङ्सन ल्याउँछु 



काठमाडाैं : नायिका करिश्मा मानन्धर र सांसद तथा नेकपा नेत्री शान्ता चौधरीले यस वर्षको एसईई परीक्षा दिँदैछन्। 

लामो समयदेखि अमेरिका बस्दै आएकी उनी गत वर्ष मैतीदेवीस्थित त्रिवेणी पब्लिक स्कुलमा भर्ना भएकी थिइन्। बीचमा धेरै समय अभिनय छाडेकी उनी राजनीतितिरसमेत होमिएकी थिइन्। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति नेपालमा आवद्ध भएकी थिइन्।

कक्षा ८ मा पढ्दा पढ्दै सिनेमा क्षेत्रमा होमिएकी उनले आफनो फिल्मी करियरकै कारण अध्ययनलाई निरन्तरता दिन सकेकी थिइनन्। सबै विषयलाई उत्तिकै ध्यान दिएर पढेकी मानन्धरले विशिष्ट श्रेणीको नतिजा ल्याउने लक्ष्यका साथ पढेको बताएकी छन्।

औपचारिक शिक्षा धेरै नभए पनि उनलाई फिल्मी करियर र व्यक्तिगत जीवनले डिग्री नै हासिल गरेको भन्दा कम अनुभव दिएको छैन। त्यस्तै प्रतिनिधिसभा सदस्य २०७३ सालमा डाँडागाउँ मावि गोग्ली घोराही–२ मा कक्षा ८ मा भर्ना भएपछि उनको औपचारिक शिक्षा सुरु भएको हो। 

कक्षा ८ र ९ मा रुपमा नियमित विद्यालय गएकी उनी कक्षा १० मा भने नियमित विद्यालय जान सकेकी छैनन्। उनी आफनी १७ वर्षीया छोरी बिनुसँगै एसईई दिँदै छिन्। 

२०६४ सालमा पहिलो पटक समानुपातिकबाट संविधानसभा सदस्य भइसकेपछि विभिन्न समितिमा बस्दा अरू पढेलेखेका सदस्यले घोचपेच गर्न थालेपछि उनले पढाइको महत्व बुझेको र पढइतिर लागेको बताइन्। 

 

प्रतिक्रिया दिनुहोस्