एकैदिन ताेलामा ६ हजार दुई सयले घट्याे सुनको मूल्य



काठमाडाैँ : अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेसँगै नेपाली बजारमा पनि सुन तथा चाँदीको मूल्यमा भारी गिरावट आएको छ । साउन २८ गते, बुधबार सुनको मूल्य एकैदिन तोलामा ६ हजार २०० रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला ९५ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । पछिल्लो केहि समय यता प्रतितोला एक लाख नाघेको सुनको मूल्य पुन: ओरोलो लागेको हो ।

यसैगरी, चाँदीको मूल्यमा पनि बुधबार गिरावट आएको छ। यस दिन चाँदी तालामा २२५ रुपैयाँले घटेर प्रतितोला एक हजार २१० रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्