मोरङका कोरोना संक्रमित पुरुषको मृत्यु



मोरङ : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मोरङका ५५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

मोरङको बुढीगंगा गाउँपालिका–२ गंगा चोकका ती पुरुषमा श्वाश्सप्रश्वासमा समस्या र ज्वरो आएपछि साउन २६ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो ।

उपचारका क्रममा बुधबार बिहान १ बजेर २० मिनेटमा उनको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

प्रवक्ता सापकोटाका अनुुसार कोरोनाको मात्र लक्षण देखिएको उनमा अरु रोग भएको जानकारी छैन । प्रतिष्ठान भर्ना भएका ती पुरुष इमरजेन्सी हुँदै आइसोलेसनमा भर्ना गरिएको थियो ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या ७ पुगेको छ । सातै जना मोरङका हुन् ।

कोरोनाबाट विराटनगरमा ४ जना, रंगेली नगरपालिकामा १ जना, सुनबर्सी नगरपालिकामा १ जना र बुढीगंगा गाउँपालिकामा १ जनाको मृत्यु भएको हो ।

प्रकाशित : साउन २८, २०७७

प्रतिक्रिया दिनुहोस्