प्रदेश १ की समानुपातिक सांसदलाई कोरोना पोजेटिभ



धनकुटा : प्रदेश १ की एक जना समानुपातिक सांसदको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । ती सांसद र उनका श्रीमानसहित धरानमा स्वाब संकलन गरिएकाहरुमा ८ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।

तीमध्ये ६ जना धरानका स्थानीय हुन् । पोजेटिभ रिपोर्ट आएकी सांसद धनकुटाबाट प्रदेशसभामा समानुपातिक हुन् ।

प्रदेशसभा सदस्य भएपछि इटहरी ४ मा बस्दै आएकी उनको धरान १५ मा स्वाब संकलन हुँदा श्रीमानसँगै आएर स्वाब दिएकी थिइन् ।

प्रकाशित : साउन २८, २०७७

प्रतिक्रिया दिनुहोस्