व्यास नगरपालिकाः एक वर्षमा २० ऐन तथा कार्यविधि निर्माण



दमौली : तनहुँको व्यास नगरपालिकाले एक वर्षको अवधिमा २० वटा ऐन सहित कार्यविधि बनाएको छ । स्थानीय तहमा निर्वाचन भएर जनप्रतिनिधि आएदेखि नगरपालिकाले विभिन्न ऐन, नीति, नियमावली तथा कार्यविधि बनाएको हो ।

 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद बास्तोलाले भने, “सरकारले सम्पादन गर्नुपर्ने विभिन्न कार्यका लागि अहिलेसम्म आठ ऐन, पाँच नियमावली र सात वटा निर्देशिका निर्माण भएको छ ।”

 

नगरपालिकाले नगरलाई उज्यालो, सफा र हरियो व्यास नगरपालिका बनाउन आवश्यक कार्य गर्ने नीति लिएको छ । त्यस्तै व्यावसायिक आधुनिक कृषिसम्बन्धी प्रवद्र्धनात्मक कार्यक्रमलाई उच्च प्राथमिकताका साथ सञ्चालन गरी नगरलाई क्रमशः आत्मनिर्भर नगरका रुपमा स्थापित गर्ने नीति अवलम्बन गरिने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्