इंगल्याण्डमा जनमत संग्रहको माग गर्दै विशाल प्रदर्शन



काठमाडौंः इंगल्याण्डमा युरोपियन युनियन इयुबाट बाहिरिने विषयमा पुनः जनमत संग्रहको माग उठेको छ । जनमत संग्रहका लागि लन्डनमा विशाल प्रदर्शन भएको छ ।

इंगल्याण्डकी प्रधानमन्त्री टेरिजा मे युरोपियन युनियनबाट बाहिरिनु पर्छ भन्ने पक्षमा छिन् भने विपक्षीहरु बाहिरिनु हुन्न भन्न पक्षमा छन् । बाहिरिनु हुन्न भन्ने पक्षले संसद् भवन अगाडि विशाल प्रदर्शन गरेको हो । प्रदर्शनमा हजारौं प्रदर्शनकारी सहभागी भए । 

प्रदर्शनपछि संसद्को बाहिरी क्षेत्रमा भेला भएकाहरुलाई स्कटल्याण्डका प्रथम मन्त्री निकोला स्टर्जियन, लण्डनका नगर प्रमुख सादिक खान, प्रतिपक्षी लेबर पार्टीका उपनेता टम वाटसनलगायतले सम्बोधन गरेका थिए ।

युरोपेली नेताहरुले गत बिहीबार मात्रै इंगल्याण्ड इयुबाट बाहिरिने प्रक्रियामा ढिलाइ गर्न सहमति जनाएका थिए । 

प्रदर्शनमा युवायुवतीदेखि वृद्धवृद्धासम्म सहभागी भएका छन् । 

प्रतिक्रिया दिनुहोस्