माेबाइलबाटै वडा निगरानी गर्छन् मेयर



इलाम : इलाम नगरपालिका वडा नम्बर ७ कार्यालयकी एक कर्मचारी महिला सेवाग्राहीको काम गर्दैछिन्। वडा नम्बर कार्यालयमा सेवाग्राहीको भीड अलि धेरै देखिन्छ। वडा नम्बर १२ कार्यालयका कुर्सी खाली देखिन्छन् तर कर्मचारी त्यहीं ओहोर–दोहोर गरिरहेका छन्।

इलाम नगरपालिकाका मेयर महेश बस्नेत कार्यकक्षमै बसेर यी दृश्य कम्प्युटरमा प्रत्यक्ष हेरिरहेका छन्। कुन वडामा अहिले सेवाग्राहीको चाप कस्तो छ, कुन कर्मचारी कार्यालय आए कि आएनन् भनेर थाहा पाउन उनी अब वडा कार्यालयैपिच्छे अनुगमनमा गइरहनुपर्दैन।

त्यति मात्र होइन, कार्यकक्ष छाडेर जानुपरे पनि वडाका गतिविधि हेर्न समस्या छैन। हातमै रहेको मोबाइलमा वडाका गतिविधि प्रत्यक्ष हेर्न पाउने सुविधासमेत छ, मेयर बस्नेतलाई। ‘मोबाइलमा इन्टरनेट चाहिँ कनेक्ट हुनुपर्छ, वडा कार्यालयको काम–कारबाहीको भिडियो जहाँ पुगे पनि प्रत्यक्ष हेर्न सकिन्छ,’ उनले भने, ‘यो सुविधा भएपछि अहिले कुन वडा कार्यालयमा सेवाग्राहीको अवस्था के छ भन्ने थाहा पाउन साह्रै सजिलो भएको छ।’ 

'प्रविधिले ल्याएको सहजता' उपशीर्षक राखेर 'माेबाइलबाटै वडा नियाल्छन् मेयर' शीर्षकमा नागरिक दैनिकले खबर छापेकाे छ।

प्रतिक्रिया दिनुहोस्