तरुण दलद्वारा फलफुल तथा स्वास्थ्य सामाग्री वितरण



काठमाडौंः नेपाल तरुण दल केन्द्रिय समितिले वृद्धावस्था व्यवस्थापन तथा सामाजिक कल्याण गुठीमा फलफुल तथा स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

समितिले नेपाली काँग्रेसका तत्कालिन पार्टी सभापति एवं पुर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको ८१ औं जन्म जयन्ती तथा अन्र्तराष्ट्रिय युवा दिवसको अवसर पारेर आज (बुधबार) काठमाडौंमा फलफुल तथा स्वास्थ्य सामाग्री वितरण गरेको हाे ।

कार्यक्रम वृद्धावस्था व्यवस्थापन तथा सामाजिक कल्याण गुठी (आमा घर) कालिमाटी रवि भवनमा गरिएको र नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जितजंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, कोषाध्यक्ष विद्वान गुरुङलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशितः साउन २८, २०७७

प्रतिक्रिया दिनुहोस्