किस्ट अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु



काठमाडौं : ललितपुरस्थित किस्ट अस्पतालको सघन उपचार कक्षमा (आईसीयू)मा उपचाररत अर्का एकजना कोरोना संक्रमितको पनि मृत्यु भएको छ ।

बारा जिल्लाको कलैया घर भएका ७७ वर्षीय एक पुरुषको उपचारकै क्रममा मृत्यु भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए। पाठकका अनुसार दुई दिनअघि साउन २६ गते राति उनलाई त्रिवी शिक्षण अस्पतालले इमर्जेन्सीमा रिफर गरेको थियो।

अस्पताल ल्याउँदा उनको शरीरभरि संक्रमण थियो। उनी दम तथा मुटुका रोगी थिए। बुधबार बिहान ४ बजे मृत्यु भएका उनको रिपोर्ट दिउँसो १ बजे आएको हो। उनको रिपोर्ट पोजेटिभ देखिएको छ ।

किस्ट अस्पतालमै मंगलबार राति पनि काठमाडौं टेकुकी ७८ वर्षीया महिलाको मृत्यु भएको थियो । उनको पनि बुधबार बिहान कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

प्रतिक्रिया दिनुहोस्