नेपालगञ्जमा अत्याधुनिक सुविधासहितको पेट्रोल पम्प बन्दै



नेपालगञ्जः नेपालगञ्जमा नेपाल आयल निगमले अत्याधुनिक सुविधासहितको पेट्रोल पम्प बनाउने भएको छ । पश्चिम नेपालकै नमुनाका रूपमा निगमको आफ्नै ११ कठ्ठा जग्गामा आधुनिक पम्प निर्माण हुने भएको हो ।

३ करोड लागतमा ‘केमिकल फोम’ सहितको अत्याधुनिक पेट्रोल पम्प निर्माणको काम सुरु भएको नेपाल आयल निगम डिपो कार्यालय नेपालगञ्जले जनाएको छ ।

अत्याधुनिक पेट्रोल पम्पमा तेल भर्नका लागि अत्याधुनिक डिस्पेन्सिङ जडान हुने छ । पेट्रोल पम्पको हाताभित्रै सवारी साधन मर्मतका लागि वार्कसप, कफीसप र अत्याधुनिक शौचालयसमेत निर्माण गरिने डिपोले जनाएको छ ।

पेट्रोल पम्पभित्रका बन्ने भवन तथा संरचनामा अत्याधुनिक एसी जडान गरी वातावरण अनुकुलित बनाइने डिपो कार्यालयले जनाएको छ ।

प्रकाशितः साउन २८, २०७७

प्रतिक्रिया दिनुहोस्