बम पड्काउँदै आउनेलाई ताली पड्काएर स्वागत गर्न सकिएन् : सञ्चारमन्त्री बाँस्काेटा



काठमाडौंः विप्लवजीहरुलाई पहिले शान्तिपूर्ण तरिकाले आफ्ना गतिविधि गर्नुस भनेका थियौँ । उहाँहरु बम पड्काउन थाल्नु भयो । स्थानीय जनप्रतिनिलाई कर लगाउँदै हिँड्नु भयो ।विकास निर्माणमा प्रतिशत लगाउन थाल्नुभयो । हामीले यसो नगनुर्स भनेर बारम्बार भन्यौँ । 

उहाँहरुले व्यवहार सुधार नगरेपछि राज्यले आवश्यक कानुनी कार्बाही गर्नुपर्ने हुन्छ । त्यसपछि पक्राउ पर्नु स्वाभाविकै हो । उहाँहरुलाई वार्ताका लागि बारम्बार अपिल गरेका थियौँ । उहाँहरु उल्टै बम बोकेर पड्काउन थाल्नुभयो । बम बोकेर आउनेहरुलाई ताली पड्काउन सकिएन् ।

प्रतिक्रिया दिनुहोस्