प्रहरी हिरासतमा चन्दको मृत्यु



धनगढीः प्रहरी हिरासतमा रहेका फुलवारीका एक जनाको मृत्यु भएको छ ।

ईलाका प्रहरी कार्यालय फुलवारीको हिरासतमा रहेका धनगढी उप-महानगरपालिका वडा नं.१४ फुलबारी (सी) गाउँका अमरबहादुर चन्दको उपचारका क्रममा सेती प्रादेशीक अस्पतालमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक हिक्मत थापाले ईलाका प्रहरी कार्यालय फुलवारीको हिरासतमा रहेका चन्द शौचालयमा घाईते अवस्थामा भेटिएको र उपचारका लागि सेती अस्पताल पुर्याएपछि मृत्यु भएको बताए ।

मदिरा सेवन गरी घरमा झगडा गरेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेपछि मंगलबार राति ३ बजे प्रहरी चौकी फुलबारीले उनलार्ई नियन्त्रणमा लिएको थियो ।

उनलाई इलाका प्रहरी कार्यालय फुलबारीको थुनुवा कक्षमा राखेको प्रहरीले बताइएको छ । शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रकाशितः साउन २८, २०७७

प्रतिक्रिया दिनुहोस्