कृष्णपुर नगरपालिकाको कार्यालयमा तोडफोड



कञ्चनपुरः कञ्चनपुरको कृष्णपुर नगरपालिकाको कार्यालयमा स्थानियले तोडफोड गरेका छन् ।

मंगलबार क्वारेन्टिनमा करेन्ट लागेर महिलाको मृत्यु भएको घटनाको विषयलाई लिएर आन्दोलनमा उत्रिएका स्थानियले नगरपालिकाको कार्यालयमा तोडफोड गरेका हुन् ।

नगरपालिकाको लापरबाहीले महिलाको मृत्यु भएको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका हुन् । तोडफोडबाट कार्यालयका झ्याल ढोकाका सिसा फुटेका छन् ।

उनीहरुले नगरपालिकाको जेसिभीको सिसासमेत फुटाइएका छन् । नगरपालिकाको बैठक कक्षसहित आधा दर्जन बढी कोठाका सिसा फुटाइएका नगरपालिका कार्यालयमा कार्यरत एक कर्मचारीले बताए ।

अहिले सशस्त्र प्रहरीले आन्दोलनकारीलाई कार्यालयबाट हटाएका छन् । कृष्णपुर नगरपालिका ६ स्थित महाकाली माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेकी राधा ओडको मंगलबार साँझ करेन्ट लागेको मृत्यु भएको थियो ।

प्रकाशितः साउन २८, २०७७

प्रतिक्रिया दिनुहोस्