मोटरसाइकल दुर्घटनामा परि एकको मृत्यु



जनकपुरधाम : जनकपुरमा मोटरसाइकल दुर्घटनामा परि एक युवकको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियामा मोटरसाइकल दुर्घटना हुँदा जनकपुरधाम–१ का अशोक यादवको मृत्यु भएको हो ।

महेन्द्रनगरबाट जनकपुरधामतर्फ आइरहेको लु ५६ प ५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई विपरित दिशाबाट गइरहेको लु ६१ प ७७६८ नम्बरको मोटरसाइकलमा ठक्कर दिँदा दुर्घटना भएको भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

यादवलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : साउन २८, २०७७

प्रतिक्रिया दिनुहोस्