‘बम पड्काउँदै आउनेलाई ताली पड्काएर स्वागत गर्न सकिएन’



काठमाडौं : विप्लवजीहरुलाई पहिले शान्तिपूर्ण तरिकाले आफ्ना गतिविधि गर्नुस भनेका थियौँ । उहाँहरु बम पड्काउन थाल्नुभयो । स्थानीय जनप्रतिनिलाई कर लगाउँदै हिँड्नभयो । विकास निर्माणमा प्रतिशत लगाउन थाल्नुभयो । हामीले यसो नगनुर्स भनेर बारम्बार भन्यौँ । 

उहाँहरुले व्यवहार सुधार नगरेपछि राज्यले आवश्यक कानुनी कारबाही गर्नुपर्ने हुन्छ । त्यसपछि पक्राउ पर्नु स्वाभाविकै हो । उहाँहरुलाई वार्ताका लागि बारम्बा अपिल गरेका थियौँ । उहाँहरु उल्टै बम बोकेर पड्काउन थाल्नुभयो । बम बोकेर आउनेहरुलाई ताली पड्काउन सकिएन् ।

यो समाचार नयाँ पत्रिकाले अझ विस्तृतमा लेखेकाे छ – रणनीति, कार्यनीति, दर्शन हामीले केही पनि सोचेका छैनौँ ।  हाम्रो एउटै कुरा छ, नेपालमा हिंसात्मक तरिकाले गरिने द्वन्द्वको सन्दर्भ समाप्त भइसक्यो । आफ्ना कुरा शान्तिपूर्ण तरिकाले राख्ने अवस्था बनिसक्यो । 

आफ्ना मान्यता र कार्यक्रम जनताबीच लैजाने, सरकारमा आएर लागू गर्ने अवसर उपलब्ध भइसकेकाले संविधान मान्नुपर्‍यो । हामीले शान्तिपूर्ण गतिविधिमा बन्देज लगाएका छैनौँ । तर, हिंसात्मक रूपमा आउने जो कोहीलाई कारबाही गर्नु सरकारको दायित्व र कर्तव्य दुवै हो । 

प्रतिक्रिया दिनुहोस्