काठमाडौं उपत्यकामा १३९ जना कोरोना संक्रमित थपिए



काठमाडौं : काठमाडौं उपत्यकामा बुधबार थप १ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनंख्या मन्त्रालयका अनुसार काठमाडौंमा मात्र १ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा २१ र भक्तपुरमा ९ जना संक्रमित थपिएका छन् ।

कोरोना संक्रमितहरु कुन कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन । बुधबारमात्र नेपालमा ४ सय ८४ जना कोरोना संक्रमित थपिएका छन् भने ६४ जना डिस्चार्ज भएका छन् ।

प्रकाशित : साउन २८, २०७७

प्रतिक्रिया दिनुहोस्