कोरोनाका कारण थप ८ जनाको मृत्यु, को हुन् मृतक ?



काठमाडौं : नेपालमा कोरोनाका कारण थप ८ जनाको मृत्यु भएको छ । नेपालमा एकै दिनमा कोरोनाका कारण मृत्यु भएको सर्वाधिक संख्या हो ।

यससँगै कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ ।

मृतकहरूमध्ये धनुषा जिल्लाका दुई जना रहेका छन् । त्यस्तै काठमाडौं, धादिङ, सप्तरी, मोरङ, कपिलवस्तु र बाराका एक–एक जना छन् ।

तीमध्ये दुई महिला र छ पुरुष छन् । उनीहरू ३२ देखि ७८ वर्षका हुन् । विगत सात दिनमा नेपालमा कोरोना संक्रमणबाट ३१ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

यसैगरी बुधबार नेपालमा ४८४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमित व्यक्तिहरूको कुल संख्या २४ हजार ४ सय ३२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले देशभरि ७ हजार ६ सय १३ जनामा सक्रिय संक्रमण छ ।

उनले अहिलेसम्म १६ सय ७ सय २८ संक्रमित निको भइसकेको बताए । विगत २४ घण्टामा ६४ जना कोभिड–१९ संक्रमित डिस्चार्ज भएका छन् ।

मन्त्रालयले सोमवार ३ सय ३८ जना र मंगलबार ६ सय ३८ जनामा संक्रमण भएको र चार–चार जनाको मृत्यु भएको पुष्टि गरेको थियो ।

यसअघि असार ४ गते ६ सय ७१ जना, असार १० गते ६ सय २९ जना र असार १९ गते ७ सय ४० जना संक्रमित फेला परेका थिए ।

प्रकाशित : साउन २८, २०७७

प्रतिक्रिया दिनुहोस्