गिरीको निधनप्रति उपसभापति निधिद्धारा शोक व्यक्त



जनकपुरधामः नेपाली काँग्रेसका उपसभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले कोरोना संक्रमणबाट मृत्यु भएका जनकपुरका पूर्व मेयर समेत रहेका रामा होटेलका सञ्चालक कृष्ण गिरीको निधनप्रति शोक व्यक्त गरेका छन् ।

उपसभापति निधिले बुधबार एक शोक वक्तव्य जारी गर्दै मृतक गिरीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै मृत आत्माको चिरशान्तिको कामना गरेका हुन् । निधिले जारी गरेको शोक वक्तव्यमा भनिएको छ,‘नेपाली काँग्रेसका नेता तथा जनकपुरका प्रसिद्ध समाजसेवी कृष्ण गिरीको हिजो राती काठमाण्डौमा भएको असामयिक निधनको समाचारबाट म स्तब्ध भएको छु । वहाँको आत्माको चीर शान्तिका लागि माता जानकीसँग प्रार्थना गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।’

नेता निधिले गिरी परिवारसंग आफुहरुको बाजेको पालादेखि राजनैतिक सानिध्यता, अत्यन्त आत्मिय र सम्मानजनक सम्बन्ध रहँदै आएको स्मरण समेत गरेका छन् । १५ दिनअघि कोरोना संक्रमित भएका गिरीको ७३ वर्षको उमेरमा उपचारको क्रममा काठमाण्डौस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो ।

प्रकाशितः साउन २८, २०७७

प्रतिक्रिया दिनुहोस्