विशेष अदालतमा भदौ १५ सम्म बन्दीका मुद्दाबाहेक सबै काम स्थगित



काठमाडौंः विशेष अदालत काठमाडौंले बन्दीका मुद्दाको सुनुवाई बाहेक अन्य कार्य भदौ १५ गतेसम्मका लागि स्थगित गरेको छ ।

कोरोना महामारीको जोखिमलाई ध्यानमा राख्दै अदालतले हाल प्रदान गर्दै आएको सेवा स्थगित गरेको हो । यअसघि पेशी स्थगित गर्ने निर्णय गरेको थियो ।

वकपत्र गराउन ल्याउने प्रतिवादीको पिसिआर सम्भव नभएको र कोरोनाको जोखिम बढ्दै गएकाले बन्दीबाहेकका सबै सेवा १५ गतेसम्मका लागि स्थगित गरिएको विशेष अदालतका प्रवक्ता विश्व पाण्डेलले बताए ।

अदालतले यो अवधिमा धरौटी फिर्ता गर्ने, मुद्दा दर्ता, तारेख बुझ्ने, थुना मुद्दाको पेशी गरी सुनुवाई गर्ने मात्र काम गर्ने पाण्डेयले बताएका छन् । विशेषले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागले मुद्दा दायर गर्ने गर्दछन् । अख्तियारमा ४१ जनामा संक्रमण देखिएको छ ।

सुरक्षाकर्मीमा पनि संक्रमण देखापरेपछि अदालतमा सेवाग्राही र कर्मचारीमा संक्रमण हुन सक्ने भन्दै विशेषले सेवाहरुलाई स्थगित गरेको जनाएको छ ।

प्रकाशितः साउन २८, २०७७

प्रतिक्रिया दिनुहोस्