प्रदेश २ मा बुधबार २६१ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु



जनकपुरधामः प्रदेश नं.२ मा पछिल्लो २४ घण्टामा २ सय ६१ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसअनुसार सप्तरीमा ४७ जना, महोत्तरीमा ४३ जना, सर्लाहीमा ४२ जना, धनुषामा ३९ जना, बारामा ३५ जना, रौतहटमा २७ जना, सिरहामा २४ जना र पर्सामा ४ जना व्यक्ति संक्रमित भएका छन् । योसँगै यस प्रदेशमा संक्रमितको संख्या ६ हजार २ सय ८९ पुगेको छ । संक्रमितमध्ये ५ हजार ६ सय १६ पुरुष र ६ सय ७३ जना महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा २ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

सप्तरीको रुपनी गाउँपालिकामा ५ जना, तिलाठी कोइलाडी गाउँपालिकामा ६, सप्तकोशी नगरपालिकामा १, डाक्नेश्वरी नगरपालिकामा १, राजविराज नगरपालिकामा ३० र हनुमाननगर कंकालिनी गाउँपालिकामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

महोत्तरीको जलेश्वर नगरपालिकामा ९, मालपोत कार्यालय जलेश्वरमा २८, लोहरपट्टी नगरपालिका, बलवा नगरपालिका, जलेश्वर नगरपालिका, महोत्तरी गाउँपालिका, महोत्तरीकै प्रादेशिक अस्पतालमा रहेका र ठाउँ नखुलेको स्थानका एक÷एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सर्लाहीको मलगङ्गवा नगरपालिकामा १, बरहथवामा १, चन्द्रनगरमा १, नकैलवामा १ र ठाउँ नखुलेको स्थानका ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै धनुषामा जनकपुरधाममा ९, नगराईन नगरपालिकामा ६, धनौजी गाउँपालिकामा १३, स्पर्श नेपालमा कार्यरत जनकपुरका २, रानी बगिया ३ घर भई प्रादेशिक अस्पतालमा रहेका १, प्रादेशिक अस्पतालका ५, धनुषाधाम नगरपालिकाका १ र ठाउँ नखुलेको स्थानका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बाराको सिमरामा ११, जीतपुरमा ५, कलैयामा १, देवतल गाउँपालिकामा ६, कोल्हवि नगरपालिकामा ३, कटहरियामा ५ र ठाउँ नखुलेको स्थानका ४ जनामा संक्रमण पुष्टि भएको हो । रौतहटको चन्द्रपुर नगरपालिकामा १, गुजरा नगरपालिकामा ८, बौधिमाई नगरपालिकामा १, परोहा नगरपालिकामा ७, गरुडा नगरपालिकामा २ र ठाउँ नखुलेको स्थानका ८ जनामा संक्रमण पुष्टि भएको हो ।

सिरहाको गोलबजार नगरपालिकामा २, सिरहा नगरपालिकामा ११, धनगढीमाई नगरपालिकामा १, सुखीपुरमा ८, सखुवामा १ र ठाउँ नखुलेको स्थानका १ जनामा संक्रमण पुष्टि भएको छ भने पर्साको वीरगंजमा २ जना र ठाउँ नखुलेको स्थानका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेशभरीमा बुधबारसम्म सप्तरीमा १० हजार ५ सय ९३, सिरहामा ५ हजार ९३, धनुषामा ७ हजार ९ सय १४, महोत्तरीमा ४ हजार ५ सय १०, सर्लाहीमा ७ हजार ५३, रौतहटमा १६ हजार ८ सय ८५, बारामा ६ हजार ४८ र पर्सामा १४ हजार १ सय ४५ जना गरि जम्मा ७२ हजार २ सय ४१ जनाको स्वाब परिक्षण गरिएकोमा ६ हजार २ सय ८९ जना संक्रमित भएका छन् भने ६० हजार ५ सय ६८ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

त्यस्तै सप्तरीमा १ हजार १ सय २७, सिरहामा ४ सय १३, धनुषामा ९ सय, महोत्तरीमा ७ सय ४९, सर्लाहीमा ६ सय ५२, रौतहटमा ३ सय ६४, बारामा ३ सय ६३ र पर्सामा ८ सय १६ जना गरि कुल ५ हजार ३ सय ८४ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस प्रदेशमा आज मात्रै सप्तरीमा ४५, धनुषामा १ सय ६६, सर्लाहीमा ६ सय ४३, रौतहटमा २ सय ५ र बारामा २ सय ३ जना गरि १ हजार २ सय ६२ जनाको स्वाब संकलन गरिएको छ ।

प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको १३ हजार ८ सय ३२ बेड क्षमताको २ सय २५ वटा क्वारेन्टाइनमा अहिले १ हजार ५ सय ९२ जनालाई राखिएको छ भने २ हजार ३ सय ८४ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको २ हजार १ सय ८६ बेड क्षमताको आईसोलेशनमा सप्तरीमा १ सय ५८, सिरहामा ३९, धनुषामा १ सय २१, महोत्तरीमा ५७, सर्लाहीमा १ सय ४०, रौतहटमा २४, बारामा ९६ र पर्सामा ७ सय ९७ जना गरि १ हजार ४ सय ३२ जनालाई भर्ना गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

प्रदेश २ मा सबैभन्दा बढी रौतहट जिल्लामा १ हजार ३ सय ३५ जना संक्रमित भएका छन् । पर्सामा १ हजार १ सय १२, महोत्तरीमा ९ सय ४५, धनुषामा ९ सय ८, सर्लाहीमा ८ सय ४८, सप्तरीमा ६ सय ५, बारामा २ सय ८० र सिरहामा २ सय ५६ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा यस प्रदेशमा १६ जना व्यक्तिहरु अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा धनुषाका ११ र महोत्तरीका ५ जना व्यक्तिहरु रहेका छन् । योसँगै हालसम्म यस प्रदेशमा सप्तरीका ४ सय २१, सिरहाका १ सय ८०, धनुषाका ६ सय ३२, महोत्तरीका ३ सय ६९, सर्लाहीका ६ सय ५२, रौतहटका ७ सय ५४, बाराका १ सय ७४ र पर्साका २ सय ४६ जना गरि ३ हजार ४ सय ४८ जना संक्रमितहरु डिस्चार्ज भई आ-आफ्नो घर फर्किसकेका छन् ।

प्रदेश २ मा हालसम्म पर्सामा १९, धनुषामा ४, सप्तरीमा ३, रौतहटमा २, बारामा २, सिरहामा २ र महोत्तरीमा २ जना गरि ३४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशितः साउन २८, २०७७

प्रतिक्रिया दिनुहोस्