कैलालीको घोडाघोडीमा अन्तर्राष्ट्रिय युवा दिवस


सुखडः नेपाल लगायत विश्वमा बुधबार अन्तर्राष्ट्रिय युवा दिवस मनाईएको छ ।

नेपालमा पनि ‘विश्व अभियानका लागि युवा सहभागिताः रोजगारी प्रवद्र्धन र वातावरण संरक्षणमा युवा संलग्नता’ भन्ने नाराका साथ यो दिवस मनाउन मनाइएको हो ।

यसै बिच कैलालीको घोडाघोडी नगरपालिकामा पनि अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा कोरोना भाईरस न्यूनीकरण सम्बन्धि सचेतनामुलक अन्तरक्रिया कार्यक्रम गरी मनाइएको छ ।

घोडाघोडी नगर युवा संजाल र सुदुरपश्चिम युवा जागरण मञ्चको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको छ । सुखडमा भएको अन्तरक्रिया कार्यक्रममा युवाका समस्याका सवाल र कोरोना भाईरस न्यूनीकरण सम्बन्धि विशेष छलफल भएको थियो ।

कार्यक्रममा परिवर्तन मुख्य वाहक युवा शक्ति भएकाले विश्वमा जति पनि आमुल परिवर्तन भएका छन् सबै युवा शक्तिले गर्दा भएको सहभागीहरुले बताएका थिए । नेतृत्व तहमा युवा शक्ति पुग्न नसक्नु दुखत भएको र अबको दिनमा शिक्षित युवा राजनीतिमा आउनु पर्ने कार्यक्रममा सहभागी भएका व्यक्तिहरुको धारणा थियो । कोरोना भाइरसको कारणले रोजगारी गुमाएकाले सरकारले युवालाई उद्देमशिलतामा अग्रसर गराउनु पर्ने उनीहरुको माग छ ।

कार्यक्रम प्रत्यास युवाहरुले सुखड, पहलवानपुर र साढेपानीमा बजारमा करिब २ हजार माक्स वितरण गरेका थिए । घोडाघोडी नगर युवा संजालका अध्यक्ष शंकर चौधरीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख उमेश राज रेग्मी, विशिष्ट ईलाका प्रहरी कार्यलय प्रमुख हरिशरण भट्ट, सुदूर पश्चिम युवा जागरण मञ्चका अध्यक्ष धर्मेन्द्र बिष्ट लगायतको उपस्थिति रहेको थियो ।

घोडघोडी नगरपालिका र घोडाघोडी अस्पतालको सहयोगमा भएको कार्यक्रममा ईलाका प्रहरी कार्यलय सुखड ,ओरेक नेपाल र प्लान इन्टरनेश्नलको समन्वय थियो ।

प्रकाशितः साउन २८, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौंः सरकारले असोज ८ र १२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ ।

धरानः धरान उपमहानगरपालिका-२ की कोरोना संक्रमित महिलाको उपचारको क्रममा आज (सोमबार) मृत्यु भएको छ ।

काठमाडौं : १६ वर्ष मुनिका बालिका बलात्कार गरी हत्या गर्ने घटनाविरुद्धका कानुनी प्रावधानमा कडाइ पार्नका

काठमाडौं : यातायता व्यवस्था विभागले असोज २० गतेबाट दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको

काठमाडौं– संघीय संसदमा प्रतिनिधित्व गर्ने महिला सांसदहरुले संविधान संशोधन गरेर १६ वर्ष मुनिका बालिकालाई बलात्कार

काठमाडौंः प्रधानमन्त्री एवंं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद

काठमाडौं : संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका महिला सांसदहरुले १६ वर्षभन्दा मुनिका बालिकालाई

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता हुँदैछ

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसममा सामान्यदेखि आंशिक बदली रहने जनाएको

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा राजस्थान रोयल्सले कीर्तिमानी जीत हात पारेको छ ।

काठमाडौं– घरेलु श्रमिकका रुपमा खाडी मुलुकमा जाने कामदारहरुको अवस्था पारदर्शी बनाउँदै पासपोर्ट आफ्नो साथमा राख्ने

काठमाडौं : सरकारले पीसीआर परीक्षण गराउँदै आएका प्रयोगशालालाई कोरोना रिपोर्ट आफैं दिन निर्देशन दिएको छ