एएफसी यू-२३ च्याम्पियनसिप फुटबल छनोटको दोस्रो खेलमा नेपाल कतारसँग प्रतिस्पर्धा गर्दै



काठमाडौं: एएफसी यू-२३ च्याम्पियनसिप छनोटको दोस्रो खेलमा नेपालले आज आयोजक राष्ट्र कतारसँग प्रतिस्पर्धा गर्दैछ । कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरको मैदानमा कतारलाई रोक्ने योजनासहित नेपाल मैदान उत्रने छ ।

तर, एसिया कप विजेता कतारको टोलीलाई रोक्ने नेपालले उत्कृष्ट प्रदर्शन गर्नुको बिकल्प छैन । शुक्रबार भएको पहिलो खेलमा नेपाल ओमानसँग १-० गोल अन्तरले पराजित भएको थियो । ओमानसँगको हारसँगै नेपालको एएफसी यू-२३ च्याम्पियनसिपमा छनोट हुने सम्भावना कमजोर बनेको छ । नेपाललाई दोस्रो चरणमा स्थान बनाउन कतारसँग सकारात्मक नतिजाको विकल्प छैन ।

यस्तै अन्तिम खेलमा नेपालले मंगलबार अफगानिस्तानसँग खेल्नेछ । छनोटको शीर्ष टोलीले थाइल्याण्डमा आयोजना हुने एएफसी यू-२३ च्याम्पियनसिप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट पाँच टोलीले पनि च्याम्पियनसिप खेल्ने मौका पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्