प्रदेश ५ मा गाडी मर्मत गर्दा भएको अनियमितताको छानविन हुँदै



नेपालगन्जः प्रदेशसभाको सार्वजनिक लेखा समितिले सवारी साधन मर्मतमा भएको अनियमितताको छानविन शुरु गरेको छ ।

लेखा समितिले बुधबार प्रदेशसभा सचिवालयलका सचिव दुलर्भ कुमार पुन, लेखा अधिकृत आलोक अग्रहरी र स्टोर प्रमुख पुनाराम पौडेलसँग स्पस्टीकरण लिएको समितिका सभापति डिल्ली चौधरीले बताए ।

उनले भने,“के भएको हो भनेर स्पस्टीकरण लिएका छौं, हरेक बिलको नम्बर, खर्च भएको मिति, मर्मत गरेको ग्यारेजको नामसहित विस्तृत फाइल भोली बिहान ८ बजे पेश गर्नु भनेका छौं, पहिला हामी आफै अनुसन्धान गर्दछौं त्यसपछि हामी कारवाहीका लागि सिफारिस गर्छौं ।”

प्रदेशसभाका पदाधिकारीले प्रयोग गर्ने सवारी साधन मर्मतमा अस्वभाविक खर्च भएको सम्बन्धी रिपोर्ट प्रकाशित भएपछि सार्वजनिक लेखा समितिले चासो व्यक्त गरेको छ । समितिका सभापति डिल्ली चौधरीका अनुसार, सवारी साधन मर्मत सम्वन्धी सम्पूर्ण बिल, भर्पाईसहित उपस्थित हुनका लागि प्रदेशसभा सचिव दुर्लभ कुमार पुन, लेखा अधिकृत आलोक अग्रहरी र स्टोर प्रमुख पौडेललाई निर्देशन दिएको छ ।

प्रदेशसभा सचिवालयले दुई आर्थिक वर्षको २३ महीनामा सवारी साधन मर्मतका नाममा ६१ लख ३ हजार ६११ रुपैयाँ खर्च गरेको छ । प्रदेश सभा सचिवालयले नयाँ र भर्खर किनिएका गाडीमा मर्मतका नाममा गरेको खर्च अस्वभाविक रहेको छ ।

प्रकाशितः साउन २८, २०७७

प्रतिक्रिया दिनुहोस्