धुम्रपानले महिलामा यस्ता समस्या ल्याउँछन्



एजेन्सी : एक अध्ययनले धुम्रपानको असर पुरुषमा भन्दा महिलामा बढी देखिने तथ्य फेला परेको छ। हरेक मान्छेका लागि घातक त छँदै छ तर, पनि धुम्रपानले महिलालाई नै बढी असर पु-याएको फेला परेको छ। 

१. भ्रुण विकासमा रोक  

गर्भावस्थामा महिलाले धुम्रपान गर्दा भ्रण विकासमा रोकावट आउने डाक्टरहरु बताउँछन्। त्यतिमात्र होइन बच्चाको प्रजनन् क्षमतामा समेत नराम्रो असर देखापर्छ ।

२. स्तनपानमा समस्या

जुन महिलाले धुम्रपान गर्छिन् ती महिलाहरुको स्तनमा दुधको मात्रा कम हुन्छ । जसले उनको बच्चामा नकारात्मक असर पर्छ।

३.बच्चामा कुपोषण

अनुसन्धानमा उल्लेख भएअनुसार यदि आमाले गर्भावस्थाको सुरुको अवस्थामा चुरोट पिउने गरेकी छन् भने उनको सन्तान कुपोषणको सिकार हुन्छन्। गर्भमा बच्चा हुँदा चुरोट पिउने महिलाको सन्तानलाई पोषण तत्वको कमी हुन्छ। 

४.हड्डी कमजोर हुने  

चुरोट पिउने महिलामा दुई प्रकारका प्रोटिनको निर्माण हुन सुरु हुन्छ। अस्थिर कोशिकाहरु ‘ओस्टेओक्लास्टस’को निर्माणमा वृद्धि हुन्छ। जसले हड्डीमा मासीहरुको मात्रामा कम गर्दै लैजान्छ र हड्डी कमजोर हुन सुरु हुन्छ। 

५.मुटु, फोक्सो र मृगौलामा असर 

चुरोट पिउने महिलाहरुमा ‘कोरोनरी हर्ट डिजिज’ जस्तो मुटुको रोग लाग्न सक्छ। त्यसैगरी फोक्सोमा चुरोटको धुवाँले असर गर्छ। पुरुषसरह धुम्रपान गर्ने महिलालाई फोक्सोको क्यान्सर हुने  सम्भावना बढी हुन्छ। साथै, दैनिक एक प्याकेट चुरोट पिउने महिलाको मृगौला बिग्रिने सम्भावना ५१ प्रतिशत बढी हुन्छ।

६.दमको समस्या

धुम्रपान गर्ने महिलाको शरीरमा कार्बन मोनोअक्साइडको मात्रा बढ्छ। अक्सिजनको मात्रा कम हुँदै जाँदा स्वासप्रस्वासमा समस्या आउँछ र दमजस्तो गम्भीर रोग लाग्छ।

७.चाउरीपन

पुरुषको तुलनामा महिलाको छाला धेरै मुलायम र कमजोर हुन्छ। त्यसैले चुरोटको असर महिलामा बढी हुन्छ। जुन महिला चुरोट पिउँछन ती महिलामा चाउरीपन, डार्क सर्कल र ओठमा कालोपनको समस्या बढी हुन्छ। 

प्रतिक्रिया दिनुहोस्