प्रदेश २ सरकार परिवर्तनको चलखेल : मुख्यमन्त्रीदेखि सांसदसम्म तीव्र लविङमा



काठमाडौं : नवगठित जनता समाजवादी पार्टी (जसपा)मा एकता प्रक्रियाले गति लिएसँग प्रदेश २ मा सरकार परिवर्तन चलखेल सुरु भएको छ ।

प्रदेश २ मा अहिले तत्कालीन समाजवादी र राजपाको संयुक्त सरकार छ । केन्द्रमा पार्टीमा एकीकरण भए पनि संसदीय दल तथा अन्य तल्ला कमिटीको बीचमा एकीकरण भएको छैन । केन्द्रमा एकीकरण भए पनि अहिले प्रदेश २ मा सयुक्त सरकार छ ।

समाजवादी र राजपाको प्रदेश कमिटी र प्रदेश संसदीय दलको एकीकरणपछि प्रदेश २ सरकार परिवर्तन हुने करिब निश्चित देखिन्छ ।

अहिले दुवै पार्टीका एक एकजना संसदीय दलका नेता रहेका छन् । तत्कालीन समाजवादीको संसदीय दलकको नेता लालबाबु राउत छन् भने राजपा संसदीय दलको नेता जितेन्द्र सोनल रहेका छन् ।

अहिले राउतले प्रदेश २ को बागडोर सम्हालिरहेका छन् । तर एकीकरणपछि बन्ने संसदीय दलको नेता नै प्रदेश २ सरकारको नेतृत्व गर्ने भएकाले यतिबेला एकृकीत पार्टीको दलको नेता बन्नका दौडधुप तीव्र छ ।

संसदीय दलको नेता हुँदै मुख्यमन्त्री बन्ने रेसमा मुख्यमन्त्री लालबाबु राउत, आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादव, भौतिक पूर्वाधारमन्त्री नेता जितेन्द्र सोनल र सांसद मनिष सुमन देखिन्छन् ।

प्रदेश २ मा तत्कालीन समाजवादीले प्रत्यक्षमा २० र समानुपातिकमा ९ सहित २९ सिट जितेको छ भने राजपाले प्रत्यक्षमा १५ र समानुपातिकमा १० सहित २५ सिट जितेको छ ।

वर्तमान सयुक्त सरकारमा ४ सिट बढी जितेको समाजवादीले नेतृत्व लिए पनि एकीकृत पार्टीमा यी ४ जना मध्ये पार्टी नेतृत्व रिजाउन सक्नेले प्रदेश २ को बागडोर सक्हाल्ने देखिन्छ । सातै पार्टीभित्र वर्तमान सरकारको टीमनै परिवर्तन गर्नुपर्ने आवाज पनि उठेको छ । जसपाका सांसदहरुले केही दिनअघि पार्टीका शीर्ष नेताहरुलाई भेटेर यसबारे ध्यानाकर्षण नै गराएका छन् ।

साउन २० र २१ गते दुई दिन उनीहरुले जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेता डा.बाबुराम भट्टराई, राजेन्द्र महतो र कार्यकारिणी समितिका सदस्यहरु महेन्द्र राय यादव, राजकिशोर यादव, अनिलकुमार झा र शरतसिंह भण्डारीलाई छुट्टा छुट्टै भेटेर प्रदेश सरकार परिवर्तनका लागि दबाब दिएका थिए ।

पार्टी समायोजनको निर्देशिका अनुसार प्रदेशको समायोजन गरी संसदीय दलको नेता चयन गरिँदै छ । त्यसपछि स्वतः सरकार परिवर्तन हुने बताइएको छ ।

त्यसैले मुख्यमन्त्री राउत, आर्थिक यादव, भौतिक पूर्वाधार विकासमन्त्री सोनल, सामाजिक विकासमन्त्री नवलकिशोर साह उद्योग, पर्यटन र वन तथा वातावरणमन्त्री रामनरेश राय शीर्ष नेता रिझाउन केही दिनदेखि काठमाडौंमा अडा जमाएर बसेका छन् । केही सांसद पनि काठमाडौं नै आएर सरकारका सहभागी हुन लगिङ गरिरहेको बुझिएको छ ।

एकीकृत पार्टीको साउन २१ देखि २६ गतेसम्म बसेको पहिलो कार्यकारी समिति बैठकमा सहभागी हुन कार्यकारी समितिका सदस्यसमेत रहेका मुख्यमन्त्री राउतसमेत सबै मन्त्री काठमाडौं आएका थिए । बैठक सकिए पनि उनीहरु फर्किएका छैनन् ।

राउत एकीकृत पार्टीको प्रदेश २ संसदीय दलको नेता सुनिएर वर्तमान सरकारको निरन्तरताका लालि लविङ् गरिरहेको बुझिएको छ । तर त्यो संभावना कमजोर भनेको पाइन्छ । किन भने सरकारमा सम्मेलित मन्त्रीहरु पनि सरकार परिवर्तनको पक्षमा देखिएका छन् ।

मन्त्री सोनल र यादवमा आफू संसदीय दलको नेता बनेर सरकारको नेतृत्व लिने तीव्र लालस देखिन्छ । वर्तमान सरकार नै असफल भएको दाबी गर्दै नयाँ टिम ल्याउन सुमन लगायतकोे लविङ छ ।

यता जसपाका केन्द्रीय नेता लक्ष्मणलाल कर्णले पनि प्रदेश सरकार परिवर्तन हुने संकेत दिए । उनले भने, ‘बैठकबाट संसदीय दल, प्रमुख सचेतक, सचेतकका लागि हामीले क्रमवद्ध रुपबाट बढाउँदै जाने छौं । संसदीय दलको नेता संसदमा भएका जति पनि सदस्य संसदीय दलको नेता बन्नयोग्य हुन्छन् । कसलाई अगाडि सार्ने भन्ने कुरा हैन कि को अगाडि सर्छ भन्ने कुरा हो ।’

त्यसको निर्णय पार्टीको संसदीय दलको बैठक दिने उनको भनाइ छ । कर्णका अनुसार छुट्टा–छुट्टै छलफल सरकार परिवर्तनको विषयमका छलफल भए पनि एकीकृत रुपमा बैठकले निर्णय लिने छ ।

उनले भने, ‘आवश्यकताअनुसार मन्त्रिमण्डल पुनर्गठन हुन्छ । उपयुक्त व्यक्तिहरु मन्त्रिपरिषदमा छैनन् । दोस्रो कुरा एकै जनाले किन पाँच वर्ष पाउने अरु पनि सांसद छन् उनीहरुले पनि त समय पाउनुपर्यो । यी विभिन्न किसिमका कुरा छन् । मन्त्री, कार्यकर्तामा यो छलफलको विषय बनेको छ ।’

प्रतिक्रिया दिनुहोस्