विधाननुसार नै महासमितिको बैठक बस्छ : निधि



विराटनगर : नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारलार्इ गम्भिर भएर देश निर्माणमा लाग्न सुझाव दिएका छन् । उपसभापति निधिले साेमबार विराटनगरमा पत्रकारहरुसँग कुराकानी गर्दै वर्तमान सरकार दुई तिहाइ बहुमतको भएकाले यसलाई निरर्थक हुन नदिन सरकार गम्भीर बन्नुपर्ने बताएका हुन् । 

 

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै निधिले सरकारलाई जनताका पक्षमा तल्लीन भएर सकारत्मक रुपमा काम गर्न सुझाव दिएका छन् । कांग्रेसकाे विधाननुसार नै महासमितिको बैठक बस्ने तयारी भइरहेको र बैठकले विधान संशोधन गरेर भावी राजनीति रणनीति तय गर्ने उनले बताए ।

 

उपसभापति निधिले नेपाली काङ्ग्रेस पार्टीभित्र कुनै पनि गुट उपगुट नभएकाे दावी समेत गरे ।

प्रतिक्रिया दिनुहोस्