चेन्नईसँग हारेपछि पनि किन खुशी छन् विराट?



१२ औं  संस्करणको पहिलो खेलमा भारतीय कप्तान विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैङ्लोर पूर्व भारतीय कप्तान महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किङ्ससँग सात विकेटले पराजित भयो।

सो खेलमा बैङ्लोरले बिर्सन लायक प्रदर्शन गर्‍यो। टिमका लागि अम्बाती रायडू बाहेक कसैले दोहोर अंकको रन जोडन सकेनन् र टिम ७० रनमा अलआउट भयो। कप्तान विराटले पनि ६ रन मात्र जोड्न सके।

लिगमा यस्तो सुरूवात भएकोमा विराट निराश बनेका छैनन्। उनले यसमा खुशी व्यक्त गरेका छन्। 'कुनै पनि टोली यस्तो सुरूवात चाहँदैन तर खेल्मा यस्तो हुनु पनि खूशीको कुरा हो', विराटले भने, 'म खेलाडीको रवैयाबाट खुशी छु। मलाई थाहा छ हाम्रो ब्याटिङ गतिलो भएन तर हामी फर्किनेछौं।'

उनले विकेट ब्याटिङको अनुकुल देखिए पनि रन बटुल्न संघर्ष गर्नुपरेको बताए। 'विकेट ब्याटिङ अनुकुल देखिएको थियो, हामीलाई यहाँ १४०-१५० को स्कोर राम्रो हुनेछ लागेको थियो तर ब्याटिङ संघर्षपूर्ण भयो। पछी यस पिचमा १२० को रन स्कोर पनि चुनौतीपूर्ण लाग्यो', विराटले भने।

त्यस्तै कोहलीले आफ्ना बलर नवदीप सैनीको प्रशंसा गरेका छन्। उनले १५० किमीको रफतारमा बलिङ् गर्दै आएका छन्, त्यो राम्रो हो। उनी घातक बलर बन्ने बाटोमा अग्रसर देखिएका छन्। हामीले उनीमाथि निगरानी राखिरहेका छौं', उनले थपे। सैनीले ४ ओभरमा २४ रन दिएका थिए तर विकेटमा कुनै सफलता हासिल गरेनन्।

प्रतिक्रिया दिनुहोस्