दोलखामा परीक्षा दिँदादिँदै ढलिन् छात्रा 



दाेलखा : दोलखामा एसईई परीक्षा दिँदा दिँदै एक छात्रा बेहोस भएकी छन्। जिल्लाको सिंगटीस्थित कालिनाग माविमा भएको परीक्षामा सहभागी अनिषा भुजेल बेहोस भएकी हुन्। 

विगु गाउँपालिका ८ चिलंखास्थित हिमालय माविकी छात्रा भुजेल परीक्षा सुरु भएको एक घण्टापछि बेहोस भएकी दोलखा प्रहरीले जनाएको छ। 

भुजेललाई सिंगटीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराइएको इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक संजित तामाङले जानकारी दिए। प्रहरी निरीक्षक तामाङकाअनुसार भुजेल परीक्षाको क्रममा यसअघि पनि बेहोस हुने गरेकी थिइन्।

दोलखामा यो वर्ष १९ वटा परीक्षा केन्द्रबाट पराक्षार्थीले एसईई दिइरहेका छन्। 

प्रतिक्रिया दिनुहोस्