माछा मार्दा करेन्ट लागेर एकको मृत्यु



पाल्पा : माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । माछा मार्न बम हान्दा एक जना गम्भिर घाईते भएका छन्। माछा मार्न विद्युत तारको प्रयोग गर्ने क्रममा करेन्ट लागेर रैनादेवी छहरा ७ जोगिदमारका १७ वर्षीय इन्द्रबहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सही मोतिबहादुर खड्काले बताए।

यस्तै कालिगण्डकी नदीमा माछा मार्न बम हान्ने क्रममा वगनाशकाली गाउँपालिका, खानीगाउँका २२ वर्षीय डोलबहादुर सारु गम्भिर घाईते भएका छन्। घरबाट नजिकैको खोलमा माछा मार्ने क्रममा करेन्ट लागेर रानाको आईतबार बिहान मृत्यु भएको हो। यस्तै बम हान्ने क्रममा हातमा पड्कीएर घाईते भएका सारुको थप उपचारका लागि काठमाडौं रिफर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्