‘पीएम नरेन्द्र मोदी’ फिल्म रिलीज नगर्न विपक्षी दलको अपिल 



एजेन्सीः  महाराष्ट्र नवनिर्माण सेनाले प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमा अधारित बनेको ‘पीएम नरेन्द्र मोदी’ फिल्मको रिलीज रोक्ने धम्की दिएको छ । शनिवारको दिन लोकसभा चुनावको आदर्श र आचार संहिताको उलंघन हुने बताउँदै फिल्म रिलीज नगर्न चेतावनी दिएको छ । 

अर्को तर्फ काँग्रेसको कर्नाटक एकाईले चुनाव आयोगलाई ‘पीएम नरेन्द्र मोदी’ सिनेमाघरमा रिलीज हुनुभन्दा पूर्व एकचोटी हेरेर आचार संहिताको उलंघन हुन्छ कि हुँदैन भने पता लगाउनको लागि अपिल गरेको छ । 

उमंग कुमारद्वारा निर्देशित ‘पीएम नरेन्द्र मोदी’ मा अभिनेता विवेक ओबेराँय मूख्य भूमिकामा देखा परेको छ । यो फिल्म ५ अप्रीलको रिलीज हुने भएको छ । बोमन इरानी, मनोज जोशी, जरीना वहाब र प्रशांत नारायणले पनि यो फिल्ममा मूख्य भुमिकामा रहेको छ  । 

 

प्रतिक्रिया दिनुहोस्