राजपाको अवरोधले आज पनि संसद् बैठक स्थगित 



काठमाडाैं : राष्ट्रिय जनता पार्टी (राजपा)को अवरोधपछि प्रतिनिधि सभाको बैठक १० मिनेटका लागि स्थगित भएको छ। आइतबारको बैठकको सुरुमै राजपा सांसदहरुले उठेर विरोध गरेका थिए। सभामुख कृष्णबहादुर महराले सांसद लक्षमणलाल कर्णलाई बोल्न समय दिएका थिए।

बैठकमा सांसद कर्णले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा मधेस, थरुहट आन्दोलनको सत्य तथ्य छानबिन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक  गर्न सरकारले चासो नदेखाएको आरोप लगाए । उनले भने  “हामीले पटक पटक विशेष समयकमा कुरा उठाउदा समेत सरकाले नसुनेपछि संसद् अवरुद्ध ग-यौ , सभामुखबाट निर्देशन पनि जारी भउो मलाइृ लाग्छ संसदिय व्यवस्थामा सभामुखको निर्देशन सर्वोपरि हो।' 

सभामुखको निर्देनपछिपनि सरकाले सार्वजनिक नगर्दा फेरी संसद् अवरुद्ध ग-यौ , कानुन मन्त्रीले संसदमा आश्वासन दिएकाले पर्खेर बसेका थियौ तर आज पनि सार्वजनिक गर्ने कतैबाट थाह पाएनै सरकार यही अवस्थामा बस्यो भने  आजको संसद चल्न दिदैनै ” उनले सरकारले गठन गरेको आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताए ।

सरकारले गठन गरेको आयोगको प्रतिवेदनपछि मात्र सही र गलत छुट्टिने बताउँदै उनले तत्काल प्रतिवेदन सार्वजनिकको माग गरे।  राजपाको विरोद्धका बिषयमा सरकारले सकारात्मक ढंगले लिएकाले संसद सुचारु गर्न आग्रग गरेका थिए।

राजपाका सांसदहरुलाई पटकपटक बस्न आग्रह गर्दा समेत नबसेपछि सभामुख कृष्णबहादुर महराले १० मिनेट सम्मका लागि बैठक स्थगित गरेका हुन्। लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाले  यस अघि पनि तिन पटक संसद अवरुद्ध गरेको थियो । 

 

प्रतिक्रिया दिनुहोस्