४ दिनमा ५ सय २१ किमि साईकल यात्रा तय गर्दै रञ्जीत पुगे अयोध्या 



जनकपुरधाम : नेपाली धर्म र संस्कृतिकाे प्रचारप्रसार र नेपाल-भारत सम्बन्धमा थप सुधार ल्याउन एक युवा सामान्य साइकलकाे भरमा जनकपुरधामबाट अयोध्या पुगेका छन् । लक्ष्य अनुरूप जनकपुरधामदेखि भारतको भगवान् रामकाे जन्मभूमि अयोध्यासम्म ५ सय २१ किलाेमिटर ४ दिनको साइकल यात्रा गर्दै रञ्जीत साेमबार बिहान अयोध्या पुगेका हुन् ।

 

विजय दशमीको दिन जानकी मन्दिर प्राङ्गणमा पूजाआजा गरेर साईकल यात्री रञ्जीतलाई जनकपुरमा मेयर लालकिशोर साह, वडा नम्बर १० का अध्यक्ष मिथिलेश कर्ण सहितका जनप्रतिनिधिहरुले विदा गरेका थिए ।

 

धार्मिक यात्रा र राेकिएकाे जनकपुरदेखि अयोध्यासम्मको बस पुन: सञ्चालन लागि भन्दै भारतको उत्तरप्रदेशस्थित अयोध्या पुगेका रञ्जीत साेमबार राम मन्दिरमा दर्शन गर्ने कार्यक्रम रहेको उनका साथी दीपकले बताए ।

 

यसअघि रंजीतले काठमाडाैंको पशुपतिनाथ दर्शन, पोखराको मुक्तिनाथ, खोटाङको हलेसी महादेव दर्शन गरिसकेका छन् । सामान्य परिवारमा जन्मेका रञ्जीतको जनकपुरस्थित नयाँ बस पार्कमा पान पसल छ ।

प्रतिक्रिया दिनुहोस्