प्रधानमन्त्री ओलीले संसद बैठकमा सम्बोधन गर्दै



प्रधानमन्त्री केपी शर्मा ओलीले आजको संसद बैठकमा सम्बोधन गर्न लागेका छन् । चैत्र १५ र १६ गते काठमाडौंमा आयोजना हुने लगानि सम्मेलनबारे संसदमा जानकारी गराउन लागेको प्रधानमन्त्रीको निजि सचिवालयले जनाएको छ । राजपाले उठाएका मागका बारेमा समेत प्रधानमन्त्रीबाट सम्बोधन हुने अपेक्षा गरिएको छ ।

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाले पटकपटक संसद् अवरुद्ध गर्दै आएको छ ।

साथै आजको संसद बैठकमा समसामयिक बिषयबस्तुबारे प्रधानमन्त्रीले सम्बोधन गर्ने बताइएको छ  ।

यस्तै संघीय संसदको हिउँदे अधिवेशन आइतबार अन्त्य हुने भएको छ । संसदको हिउँदे अधिवेशन पुस ११ गते सुरू भएको थियो । एक महिनापछि संसदको बर्खे अधिवेशन सुरू हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्