एसइईको पहिलो दिन : पर्सा जिल्लाबाट सात हजारले परीक्षा दिए



वीरगन्ज : एसइईको पहिलो दिन आज विद्यार्थीहरूले अङ्ग्रेजी विषयमा परीक्षा दिएका छन् । पर्सा जिल्लामा आजको परीक्षा मर्यादित रूपमा सम्पन्न भएको जिल्ला परीक्षा समितिका सदस्य सचिव एवं परीक्षा विकास तथा समन्वय एकाइ कार्यालय पर्साका एकाइ प्रमुख कृष्ण सिग्देलले जानकारी दिए । 

पर्सा जिल्लाबाट आजको परीक्षामा ६ हजार ९ सय ३८ जना छात्रछात्राले सहभागिता जनाएका छन् । परीक्षामा प्राविधिक तर्फ १ सय ७४ जना, ग्रेड वृद्धि (एक्जाम्टेड) नयाँ १ सय १३ र पुराना १ सय २२ गरी २ सय ३५ जना छात्रछात्राहरू सहभागी भए । 

त्यसै गरी कारागारबाट १६ जना र बाल सुधार गृहबाट ४ जनाले परीक्षामा सहभागिता जनाएको सिग्देलले बताए । परीक्षामा १ सय ११ विद्यार्थी अनुपस्थित रहे । 

परीक्षालाई मर्यादित बनाउन पर्साको हरेक परीक्षा केन्द्रमा नेपाल र सशस्त्र प्रहरी गरी १० देखि १५ जनासम्म खटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्