जथाभाबी गर्न दिँदैनौ  : प्रधानमन्त्री



प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको एक वर्षका अवधिमा संविधानबमोजिम १२६ नयाँ कानुन निर्माण हुनु संसदीय इतिहासकै पहिलो घटना भएको बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकलाई  सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसबिचमा १२६ कानुन निर्माण, १३ ऐन संशोधन र केही ‘केही नेपाल ऐन संशोधन’ हुनु संसदीय इतिहासमै पहिलो भएको जिकिर गरे  ।

साथै उनले यो एक वर्ष आधार वर्ष भएकाले आगामी वर्ष थप विकासनिर्माणले गति लिने बताए ।  शान्ति सुरक्षामापनि सरकार सफल भएको दाबी गरे ।प्रधानमन्त्रीले भन्ने  “लोकतान्त्रिक आचरण, भ्रष्टाचार र आपराधिक घटना नियन्त्रण गरी कानुनको राज कायम गर्न सरकारले काम गरिरहेको छ । संविधान प्रदत्त जनताका मौलिक हक कसरी कार्यान्वयन गर्ने र नीतिहरूको निर्माण र थिति बसाल्न हामीले यसबिचमा समय व्यतीत गरेका छौँ । समावेशिता र समानताको कार्यान्वयनका क्षेत्रमा पनि हामीले छोटो समयमा उपलब्धि हासिल गरेका छौँ ।”

विखण्डनकारीलाई राष्ट्रिय एकतामा ल्याउनु सरकारको उपलब्धि भएको बताए । दुईतिहाईको सरकारले जथाभाबी गर्न नदिने बताउँदै लोकतान्त्रिक मूल्यमान्यतामा सबै चल्नुपर्ने बताए । सरकार विकास निर्माणको गतिमा अघिबढेकाले विकाु निर्माणमा बाधा हुन नदिने प्रतिबद्धता जनाए ।

 

प्रतिक्रिया दिनुहोस्