निजि अस्पतालले उपचार नगर्दा ज्यान गुमाएका पिडित परिवारको पक्षमा आवाज उठाउँदा नेविसंघका नेता पर्सा प्रहरीको कारवाहीमा



पर्साः निजि अस्पतालले कोरोना संक्रमणको नाममा उपचार नगरेका कारण ज्यान गुमाएका परिवारलाई उचित क्षतिपुर्ती र न्याय दिलाउँन काँग्रेस निकट नेपाल विद्यार्थी संघ पर्साले बिहिबार पनि वीरगन्जमा प्रर्दशन गरेको छ । वीरगन्जको घण्टाघर चोकमा भेला भएका नेवि संघका विद्यार्थीहरुले निजि अस्पतालको लापरवाहीले ज्यान गुमाएका पिडित परिवारलाई न्याय दिनुपर्ने मुख्य माँग गरेका छन ।

कोरोना भाईरसको नाममा यहाँका निजि अस्पतालले विरामीहरुको उपचार गर्न छाडेका छन । विरामीहरु उपचार गराउँन जाँदा उपचार नै नगरी अस्पतालमा प्रवेश गर्न नदिएपछि कतिजनाले उपचार नपाउँदा अकालमै ज्यान गुमाएका छन । हालसम्म पर्सामा ६ जना उपचारको अभावमा ज्यान गुमाएपनि स्थानिय प्रशासनले कारवाहीको लागि कुनै ठोस कदम नचालेपनि बाध्य भएर जनताको आवाज उठाउँदै नेवि संघ सडकमा उत्रेका हुन ।

उनीहरुले नारायणी अस्पताललाई कोभिड मुक्त अस्पताल घोषणा गरी जेनरल सेवा सुविधा सहित जनताको लागि खुल्ला गर्नुपर्ने, अस्पतालले भर्ना नगर्दा उपचारको अभावमा ज्यान गुमाएका पिडित परिवारलाई न्याय तथा उचित क्षतिपुर्ती दिनुपर्ने र दोषी अस्पतालहरुलाई कडा भन्दा कडा कारवाही गर्नुपर्ने माँग अघि सारेका छन ।

त्यसैगरी कोरोनाले गर्दा जारी निषेधाज्ञाले गर्दा खाई कमाई गर्न नसकेका गरिब जनतालाई राहतको व्यवस्था हुनुपर्ने र कोरोनाको भयावह स्थितीलाई समान्य बनाउँन उचित स्वास्थ्य सामाग्री, चिकित्सक सेवा सुविधाको यथासिघ्र व्यवस्था मिलाउँनु पर्ने माँग गर्दै आन्दोलनमा उत्रेका हुन ।

गत सोमबार पहिलो चरणको शान्तिपूर्ण रुपमा यी माँगहरु राख्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँन जाँदा प्रजिअले ज्ञापन बुझन नमानेपछि जिल्ला प्रशासन कार्यालयको मुल गेटमा धर्ना दिदा प्रहरीले हस्तक्षेप गरी चाठीचार्ज गर्दै तीनजना विद्यार्थी नेतालाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीले आन्दोलनमा सहभागि नेवि संघका जिल्ला अध्यक्ष विकास तिवारी, उपाध्यक्ष शेष हजरा र ठाराब ईकाई अध्यक्ष मनोज साहलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएपछि चौतर्फी विरोध हुन थालेपछि पक्राउ परेकै दिन राती ११ बजे विना सर्त रिहा गरेका थिए ।

संक्रमणको नाममा आम सर्वसाधारण जनता उपचार सेवा नै बन्चित हुन थालेको र उपचार नै नगरेपछि अकालमै ज्यान गुमाएपनि यहाँका सम्बन्धीत निकायले पहल नगरेपछि बाध्य भएर जनताको अधिकारलाई सम्बोधन गराउँन तिवारी नेतृत्वको नेवि संघ सडकमा उत्रेका थिए ।
पर्साका प्रहरी उपरिक्षक गंगा पन्तले पनि उपचार नगरेका निजि अस्पतालमाथि कुनैपनि कारवाहीको पहल नगरी उल्टै जनताको हकहितमा आवाज उठाउँन निस्केका तिवारीलाई साईबर क्राईमको आरोपमा बुधबार उनकै घरबाट पक्राउ गरेको नेपाली काँग्रेसका युवा नेता राकेश यादवले बताए ।

वीरगन्ज ११ रानीघाट स्थित आफनै घरमा बसी रहेको अवस्थामा बुधबार जिल्ला प्रहरी कार्यालयको अपराध नियन्त्रण टोलीले साईबर क्राईम गरेको आरोप लगाउँदै तिवारीलाई पक्राउ गरेको थियो उनले बताए । तर म्याद थप गराउँने बेलामा प्रहरीले सार्वजनिक स्थलमा शान्ति सुरक्षामा खलल पु¥याएको आरोप लगाई थुनामा राखेको छ ।

तिवारीलाई विना सर्त रिहाईको माँग गर्दै नेवि संघले बिहिबार प्रर्दशन गरेको हो । हाम्रो आवाज दबाउँनको लागि प्रहरीले ठूलो मुद्दा लगाएर फसाउँन खोजेको नेवि संघ ठाराबा सभापती मनोज साहले आरोप लगाए । यो भन्दा पहिला पनि तिवारीलाई तीन पटक साईबर क्राईम गरेको झुठो आरोपमा पक्राउ गर्दै छाडेको छ ।

यसअघि नेविसंघका अध्यक्ष तिवारीलाई विना सर्त रिहा गर्न माँग नेवि संघले माँग गरेको थियो । बिहिबार नै नेविसंघले पत्रकार सम्मेलनको आयोजना गरी तिवारीलाई विना कारण प्रहरीले पक्राउ गरी फसाउँन खोजेको विद्यार्थी नेताहरुले आरोप लगाएका थिए ।

पत्रकार सम्मेलनमा नेविसंघका पूर्व जिल्ला अध्यक्ष समेत रहेका काँग्रेसका युवा नेता यादवले प्रहरीले तिवारीलाई अभिलम्व रिहा नगरे बाध्य भएर पुरै पार्टी पंक्ती नै आन्दोलनमा जाने चेतावनी दिए । केहि दिन अघि मात्र आन्दोलनकै क्रममा पक्राउ गरिएको तिवारीलाई प्रहरीले मध्य रातमा छोडनु र त्यसकै भोली पल्ट फेरी अपहरण शैलीमा पक्राउ गर्नुले प्रहरीको कार्यशैली माथी शंका उत्पन्न भएको उनले बताए ।

उनले भने, जनता पिडित बनेपनि स्थानिय प्रहरी प्रशासन मुकदर्शक बनेर बसेको छन । उपचार नपाउँदा दिनदिनै स्थानियले ज्यान गुमाएपनि स्थानिय प्रशासनले मेडिकल माफिया विरुद्ध कारवाही नगरी उल्टै माफियाहरुलाई समक्षण गरेको आम जनतामा एक किसिमको शंकानै उठिरहेको छ ।

स्थानिय प्रहरी प्रशासनले मेडिकल माफिया विरुद्ध केहि नगरेपछि बाध्य भएर जनताको पक्षमा आवाज उठाउँदा आफूहरुको कार्यशैलीमा प्रश्न चिन्ह खडा हुनेभएपछि यसलाई दबाउँनको लागि कुनै मुद्दा नभेटेपछि तिवारीलाई झुठो मुद्दा लगाएर जबरजस्ती फसाउँन खोजिएको छ, उनले भने, ‘ताकि भोलीका दिनमा अन्य कुनै जनता स्थानिय प्रहरी प्रशासनको विरुद्ध अवाज नउठाओस् ।

प्रहरी नियन्त्रणमा रहेका तिवारीलाई आज बेलुका सम्म विना सर्त नछोडिए शुत्रबार देखि चरणबद्ध प्रहरी प्रशासन विरुद्ध आन्दोलनको हावाहुरी ल्याउँने चेतावनी समेत दिएका छन । पत्रकार सम्मेलन नेसविसंघ पर्साका उपाध्यक्ष शेष हजारा, ठाराब अध्यक्ष मनोज साह, नेविसंघका बिधार्थीहरु नेता केशव राज मिश्र, अभय कर्ण,प्रभु साह, अकाश नेपाली लगायतको सहभागिता रहेको थियो ।

प्रकाशितः साउन २९, २०७७

प्रतिक्रिया दिनुहोस्