नेपालमा प्रत्येक वर्ष क्षयरोगका ४५ हजार नयाँ बिरामी



क्षयरोग : क्षयरोग कीटाणुबाट लाग्ने रोग हो । माइक्रोब्याक्टेरियम ट्युबरक्लोसिस नामको ब्याक्टेरियाको कारणले यो रोग लाग्ने गर्छ । यो स्वासप्रस्वासको माध्यमबाट सर्छ । यसले फोक्सोमा सबै भन्दा छिटो आक्रमण गर्नुका साथै शरीरका अन्य भागहरूमा पनि असर गर्ने राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक चिकित्सक भीमसिंह तिंकरीले बताए ।

नेपालमा क्षयरोगको अवस्था नेपालमा क्षयरोग निवारणका कार्यक्रम सुरु भएको ६० वर्षभन्दा बढी भइसक्यो । तर, सरकारले यस क्षेत्रमा खासै उपलब्धि हासिल गर्न सकेको छैन । सरकारले क्षयरोगको उपचार तथा औषधि निःशुल्क गरेको छ ।

उपचारमा सहजता ल्याउन बिरामीलाई रु तीन हजार यातायात खर्च समेत प्रदान गर्दै आएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा प्रत्येक वर्ष ४५ हजार नयाँ क्षयरोगका बिरामी थपिन्छन् ।

गत आर्थिक वर्षमा नयाँ र पुराना गरी करिब ६० हजार क्षयरोगी रहेका केन्द्रले जनाएको छ । कुल मृत्यु हुने रोगमध्ये क्षयरोग साताँै नम्बरमा छ । नयाँ क्षयरोगीका १३ हजार बिरामी पत्ता लगाई उपचारको पहुँचमा ल्याउन नसकिएको केन्द्रका निर्देशक तिंकरीले बताए ।

अध्ययन अन्तिम चरणमा केन्द्रले क्षयरोगसम्बन्धी स्थलगत अध्ययन कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । नेपालमा पहिलो पटक ५५ जिल्लाका ९९ क्षेत्रमा रोगको स्थलगत अध्यययन भइरहेको हो । सन् २०१७ बाट सुरु भएको सर्वेक्षणअन्तर्गत ६० हजारको खकार तथा छातीको परीक्षण गरिनेछ ।

फोक्सोको क्षयरोगको लक्षण :

  • २ हप्तासम्म लगातार खोकी लाग्नु 
  • २ हप्तासम्ममा साधारण एन्टिबायोटिकले खोकी ठीक नहुनु ।
  • खकारमा रगत देखिनु 
  • खान मन नलाग्नु

अरू अंगमामा क्षयरोग लागेमा देखिने लक्षणहरुः 

  • माथि उल्लेखित सबै लक्षण नदेखिन सक्छ ।
  • ज्वरो मात्र आउन सक्छ ।
  • हड्डी मात्र दुख्छ ।
  • ग्ल्याण्ड बढेर जान्छ तर दुख्दैन। 

क्षयरोगका किसीमः

फोक्सोको क्षयरोग नेपालमा हुने क्षयरोग मध्ये ७५ प्रतिशत फोक्सो कै क्षयरोग हुने गरेको छ ।

अरू अगंमा लाग्ने क्षयरोग जस्तै ग्रन्थि, हड्डी, पेट, मिर्गौला, मस्तिष्क, पाठेघर, कलेजो आदिमा हुने गर्छ ।

सुषुप्तः मानिसको शरीरमा कीटाणु पसेको हुन्छ तर त्यसलाई रोग लागेको हुँदैन ।

औषधिले काम गर्ने क्षयरोग  नियमित औषधि खादा २ महिना ५ महिना र ६ महिनामा खकार परीक्षण गर्दा देखिएन भने निको हुने । 

औषधि प्रतिरोधी क्षयरोग ६ महिना औषधिको उपचार गरिन्छ र त्यसले काम नगरे त्यो भन्दा बाहेकको औषधि प्रयोग गर्ने ।

कसरी सर्छ ?

  • सङ्क्रमित व्यक्तिले खोक्दा
  • हाच्छिउँ गर्दा 
  • श्वासप्रश्वासका माध्यमले कीटाणु हावामा फैलिएर ।

बच्ने उपाय 

  • हिँड्दा माक्स लगाउने ।
  • कोठामा बस्दा झ्याल,ढोका,भेन्टिलेटर खोल्ने । 
  • बढी धुवाँ धुलोमा नबस्ने ।
  • धुमपान र मद्यपान नगर्ने
प्रतिक्रिया दिनुहोस्