बझाङमा पहिरोमा पुरिएर एकको मृत्यु, चार घाइते



कैलाली : बझाङको केदारस्युँ गाउँपालिकाको वडा नं.४ सुदाडामा बालुवा खन्दा आएको पहिरोमा पुरिएर एक जनाको मृत्यु गएको छ । 

सिँचाई नहरको लागि बालुवा निकाल्दै गर्दा पहिरो खसेर केदारस्युँ गाउँपालिकाका ३५ वर्षीया मनादेवि भट्टको घटनास्थलमै ज्यान गएको हो ।

घटनामा अन्य ४ जना घाइते भएका छन् । घाइते हुनेमा निर्मला भट्ट, जानकी भट्ट, कलादेवी भट्ट र हंसा भट्ट छन् ।

उनीहरूलाई उपचारको लागि देउरा अस्पताल पठाइएको स्थानीय लोकराज भट्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्