भारतीय एकीकृत जाँच चौकीमा भीषण आगलागी, आयात निर्यात ठप्प



वीरगन्ज : पर्साको श्रीसिया नजिकै भारत तर्फको एकीकृत जाँच चौकीमा आज दिउँसो भीषण आगलागी भएको छ । आईसिपीको कम्पाउन्ड भित्र अचानक आगलागी भएको हो । 

कम्पाउण्डभित्र रहेको खरघारीमा आगलागी हुँदा पाँच वटा सिसी क्यामरा, ६ वटा माइक, विद्युत्को पोल र तार तथा फाईबर तार जलेर नष्ट भएको छ । त्यसै गरी सुरक्षाको लागि बनाइएको एउटा पोस्टमा पनि आगोले सामान्य क्षति पु¥याएको छ । 

वीरगन्ज महानगरपालिकाको तीन र पोखरीया नगरपालिकाको एक गरी नेपालबाट गएको चार वटा बारुणयन्त्र र (भारत) रक्सौल तर्फबाट आएको दुई वटा बारुणयन्त्रको सहयोगमा तीन घण्टामा आगो नियन्त्रणमा लिएको थियो । 

आगलागीको कारण भने नखुलेको वीरगन्ज भन्सार कार्यालयका प्रवक्ता मनिष महतोले बताए । आगलागी भएपछि भन्सार नाकाबाट आयात र निर्यात ठप्प भएको छ । 

प्रतिक्रिया दिनुहोस्