लागु औषधसहित एक भारतीय पक्राउ



वीरगन्ज : पर्सा प्रहरीले लागु औषध चरेस सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

वीरगन्ज १६ शंकराचार्य गेट नजिकैबाट प्रहरीले भारत विहारका शुभनारायण साहलाई चार किलो चरेससहित पक्राउ गरेको हो । 

साहले आफ्नो दुवै खुट्टामा चरेस बाँधेर सीमावर्ती सहर रक्सौल तर्फ पैदल गईरहेकोे अवस्थामा प्रहरीले चेक जाँच गर्दा लागु औषध फेला पारेको हो । 

चरेस सहित पक्राउ परेका साहलाई लागु औषध मुद्दामा जिल्ला अदालत पर्साबाट म्याद थप गराई आवश्यक कारबाहीको लागि प्रक्रिया अगाडी बढाइएको प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्