कालिकोटको महाबैमा पहिरोले वडा सदस्यको घर पुरिँदा ६ जनाको मृत्यु



कालिकोट : कालिकोटमा बिहीबार राति पहिरो जाँदा वडा सदस्यको घर पुरिँदा ६ जनाको मृत्यु भएको छ । जिल्लाको महाबै गाउँपालिका–३ नकु भन्ने स्थानमा पहिरो जाँदा वडा सदस्ष् रजबहादुर विष्टको घर पुरिँदा ६ जनाको मृत्यु भएको हो ।

पहिरोमा घर पुरिँदा वडा सदस्य विष्टका दुई छोरा, दुई छोरी र उनका दाजु डिल बहादुर विष्टका दुई छोरी गरी छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेहरु चार जना एकै घरका सदस्य र दुई जना छिमेकी रहेका छन् । उनीहरुको सनाखत हुन बाँकी रहेको जनाएको छ ।

प्रकाशित : साउन ३०, २०७७

प्रतिक्रिया दिनुहोस्