कालिकोट पहिरो अपडेट : मृत्यु हुने ६ जनाको सनाखत



सुर्खेत : कालीकोटको महाबै गाउँपालिका–३ नकुमा पहिरोले पुरेर मृत्यु भएका सबै जनाको सनाखत भएको छ । उनीहरु एकै परिवारका सदस्य हुन् ।

बिहीबार राति १२ बजे वडा सदस्य राजबहादुर बिष्टको घर पहिरोले पुर्दा उनका दुई छोरा १३ वर्षीय पुष्प विष्ट, ११ वर्षीय प्रविण विष्ट, छोरी १८ वर्षीया सविना विष्ट र १५ वर्षीया आशा विष्टको मृत्यु भएको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेशनाथ बास्तोलाका अनुसार वडा सदस्य विष्टका दाजु डिलबहादुरका १९ वर्षीया छोरी शान्ति विष्ट र १० वर्षीया छोरी रेखा विष्टको पनि सोही पहिरोमा परी मृत्यु भएको छ ।

उनीहरु रातिको १२ बजेसम्म घरमै तीजको नाचगान गरिरहेका थिए । माथिबाट एक्कासी पहिरो आएपछि उनीहरु पुरिएका थिए । शुक्रबार बिहान मात्रै शव निकालिएको एसएसपी बास्तोलाले जानकारी दिए ।

प्रकाशित : साउन ३०, २०७७

प्रतिक्रिया दिनुहोस्